आज:  | Wed, 27, Mar, 2024

लकडाउनको सदुपयोग : वेद भागवत् पढ्दै पूर्व मिस नेपाल श्रृंखला खतिवडा

२०७७, ९ बैशाख मंगलवार १९:२२ मा प्रकाशित ( ३ साल अघि) २२१९७ पाठक संख्या

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आम सर्वसाधारण झैँ कलाकारहरु पनि घरभित्रै सीमित हुनु परेको छ । कार्य व्यस्तताका कारण घर परिवारसँग समय बिताउन नपाउने सेलिब्रेटीहरु अहिले परिवारसँग दुःख सुखका कुराहरु साटासाट गरेर आफ्नो समय व्यथित गरिरहेका छन् ।

विभिन्न प्रोजेक्ट तथा कार्यक्रममा सरिक हुँदा परिवारसँगको समय बिताउन नपाउने श्रृंखला खतिवडा हाल परिवारसँगै समय बिताइरहेकी छन् । त्यसो त राजनीतिक परिवार भएकोले पनि बुबा, आमा र श्रृंखलाको समय एकसाथ मिल्न सम्भव थिएन, तर लकडाउनले त्यो असम्भवलाई सम्भव बनाइदिएको छ ।

कुराकानीमा श्रृंखलाले वर्षौपछि आफुले बुबा आमासँगै सपरिवारसँग समय विताउदा खुसी लागेको बताइन् । कुराकानीको क्रममा उनले लकडाउनको घोषणा भएको सुरुसुरुमा आफू ‘प्रोडक्टिभ’ हुन्छु भन्ने सोचेको भएपनि त्यो ‘मोटिभेसन’ हालसम्म रहन नसकेको बताइन् ।

‘प्रोडक्टिभ’को नाममा आफूलाई प्रसेर दिन मन लागेन उनले बताइन् । घरकाे सबै काम गरेर समयलाई सकेसम्म स्मरणीय बनाउन लागिपरेकी छन् उनी । अन्य समयमा फिल्म हेर्न समेत समय नहुने श्रृंखला हाल फिल्म हेर्नुका साथै घरमा नै भएको वेद तथा भागवतका किताबहरु पढिरहेकी छन् ।

लकडाउनको समयमा सामाजिक सञ्जाल चलाउन कम गरेकी श्रृंखला आवश्यक परेको खण्डमा मात्र ग्रुप च्याट तथा अनलाइन मिटिंङ गरिरहेकी छन् । सम्पूर्ण विश्व नै रोकिएको बेलामा म मात्र केही गर्छु भनेर लागेर सम्भव नहुँने भन्दै उनले सामाजिक सञ्जालमा कसैको पनि क्रिटिसाइज नगर्न र सबैलाई प्रेसर फिल नगरी आफूलाई मनपरेको काम गर्न अनुरोध समेत गरेकी छन् । र, उनले कुनै न कुनै सिर्जनात्मक काम गरेर बस्न समेत सबैलाई अनुरोध समेत गरेकी छन् ।

खबर एक्सप्रेस