आज:  | Fri, 29, Mar, 2024

युट्युबमा हेर्न मिल्ने फिल्म प्रेमगीत जसलाई २ करोड भन्दा बढीले हेरे

२०७७, ६ बैशाख शनिबार १३:०० मा प्रकाशित ( ३ साल अघि) ९१६६८ पाठक संख्या

अहिले कोरोनाका कारण देश लकडाउनमा छ सबैजना घरमा बसीरहेको अवस्थामा समय बिताउनको लागी फिल्म हेर्न युट्युब धेरै सजिलो माध्यम बनेको छ । नेपाली फिल्म रुचाउने दर्शकका लागि युट्युबमा भएका धेरै फिल्म मध्ये प्रेम गीत एउटा राम्रो सिनेमा हुनसक्छ  नेपाली सिनेमा जगत कै सर्बाधिक धेरैजनाले युट्युब धेरै हेरेको नेपाली फिल्म हो प्रेम गीत अहिलेसम्म यो फिल्म २०,४२६,६६० ले हेरीसकेका छन् यो फिल्मले नेपाली फिल्मको धारलाई समेत परिवर्तन गरेको थियो ।

प्रेम गीत २०१६ मा आशुसेन फिल्म प्रोडक्शनबाट सन्तोष सेनले निर्माण गरेको रोमान्टिक फिल्म हो जसलाई सुदर्शन थापाले निर्देशन गरेको थिए । प्रदीप खड्का र पुजा शर्माको मुख्य भूमिकामा छन्। फिल्मले व्यावसायिक सफलता पाएको थियो यही फिल्मबाट मुख्य अभिनेता प्रदीप खड्का र पूजा शर्माको क्यारियरको महत्वपूर्ण मोड बनेको थियो र उनीहरूलाई स्टार बनायो।

प्रेम (प्रदीप खड्का) र गीत (पूजा शर्मा) काग्बेनीको बाटोमा एक अर्कालाई भेट्छन् हजुरआमाले बिहे गर्न लगातार जिद्दी गरेको कारण गीत घरबाट भागेकी हुन्छिन । प्रेम आफ्नो व्यक्तिगत कामका कारण अगाडि बढेको हुन्छ तर ऊ पनि विवाह गर्न पनि दबाबमा थियो। दुवैले उनीहरूको विवाहबाट छुटकारा पाउनको लागि भागीरहेका हुन्छन् अन्तत उनीहरु पछि प्रेममा पर्छन्। उनीहरूले नक्कली विवाह गर्छन यसले समस्याहरू निम्त्याउँछ र अन्तत उनीहरू अलग हुन्छन्  फिल्मको अन्त दुखद हुन्छ । कलाकारहरु प्रदीप खड्का, पूजा शर्मा, रोज खनालरु रुपा राना,लक्ष्मी गिरी, राजाराम पौडेल छन्

प्रेम गीत

हर यूग होस

खबर एक्सप्रेस