आज:  | Fri, 29, Mar, 2024

मनाङ घुम्न गएका पर्यटकले स्वदेश फर्कन मानेनन्

२०७६, २३ चैत्र आईतवार २१:३४ मा प्रकाशित ( ३ साल अघि) २०५८५ पाठक संख्या

मनाङ घुम्न आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ मनाङ पुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड,अर्जेन्टिना,जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् ।

माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ । आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।

तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताउनुभयो । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उहाँले भन्नुभयो । सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । “हामी नेपालमा सुरक्षित छौँ ।”

खबर एक्सप्रेस