आज:  | Sat, 20, Apr, 2024

थैलो भित्रका प्रकाश

२०७६, १९ चैत्र बुधबार १२:२९ मा प्रकाशित ( ४ साल अघि) ५६२९७ पाठक संख्या


मनाङ सुन्दर ठाँउ कमबस्ती सांस्कृतिक परम्पराले भरिपुर्ण ठाँउ मनाङ जिल्लाको मनाङ गाउँको पारी गङ्गापुर्ण तालको छेउमा बस्छन नाम प्रकाश गोदामे निकै नै प्रकृतिप्रेमी छन उनी प्रकृति सङ्ग लोभिन्छन र प्रकृति सङ्ग लुकामारी गर्दै आफ्नो जीवन चलाउन्छ्न ।


करिब छ बर्ष देखि मनाङ जिल्ला आफू बस्ने वरिपरि रहेर त्यहाँको प्राकृतिक सुन्दरता र बन्यजन्तुको तस्बिर र भिडियो आफूसङ्ग भएको मोबाइल र ह्यन्डिक्याम बाट लिने गर्छन ।

हिमालि भेगमा हुने हिउँ चितुवा,नाउर,पुतली,गिद्द आदिको तस्बिर र भिडियो आफ्नो मोबाइल र क्यामेरामा कैद गरेर राखेका छन न उनी कुनै चर्चित भ्लगर हुन न चर्चित फोटोग्राफर तर उनले खिचेका तस्बिरले जो कसैको मन जित्न सक्छ ।

आउने दिनहरुमा आफुसङ्ग राम्रो क्यामेरा भए हिमालका सुन्दर जिवजन्तु र प्राकृतिक सुन्दरताको तस्बिर खिचेर अझ उचाईमा पुग्ने सपना छ उनको

फेसबूक, इन्स्टाग्राम, ट्विटर, व्हट्सएप आदि समाजिक संजालबाट टाढा रहेका उनी चाडैंनै यि सबै कुरामा जोडिने बताउन्छ्न जीवन संघर्ष प्रकृति प्रति उनको लगावबारे चाडैंनै वृतचित्र मार्फत देखाउने तयारी गरिरहेको उनले बताएका छन ।




खबर एक्सप्रेस