आज:  | Fri, 29, Mar, 2024

स्वास्थ्य सामाग्री खरीदमा भ्रस्टाचार भएको भन्दै चीनबाट पत्र

२०७६, १६ चैत्र आईतवार १७:५९ मा प्रकाशित ( ४ साल अघि) ३३४५० पाठक संख्या

कोरोना भाईरस कोभिड-१९ को संक्रमणको रोकथामका लागि चाहिने पीपीई लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरीदमा स्वास्थ्य मन्त्रालयले भ्रष्टाचार गरेको चर्चा चलीरहेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्वमा भएको खरिद प्रक्रियाबारे धेरै कोणबाट प्रश्नहरु उठिरहेको बेला चीनको गोन्जाउ शहरमा व्यापार गरेर बसीरहेका एनआरएनएका केन्द्रीय सदस्य नबिन बिकले स्वास्थ्य सामाग्री खरिदमा ठुलो रकम भ्रष्टाचार भएको र स्वास्थ्य मन्त्रालयले खरिद गरेको दररेट भन्दा निकै सस्तोमा आफुँले उक्त सामाग्री दिन सक्ने भन्दै स्वास्थ्यमन्त्रीलाई नै पत्र लेखेका छन् । उनले पत्रमार्फत स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ‘विपत्तीको बेलामा तपाईको सात पुस्तालाई पोल्ने कुरामा दुईमत छैन भन्दै गम्भिर आरोप लगाएका छन् ।

उनले स्वास्थ्यमन्त्रीलाई लेखेको पत्र 

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,

स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल 

         म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु, 

  देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला  तर आज ठीक त्यसको बिपरीत  यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु? 

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट 

Email: Fivestargrouplimited@hotmail.com 

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नहर्नुहोला ।

 

खबर एक्सप्रेस