आज:  | Thu, 25, Apr, 2024

पर्यटनमन्त्री आफै जमानी बसेपछी जहाज बल्ल चिन उड्यो

२०७६, १५ चैत्र शनिबार १७:४६ मा प्रकाशित ( ४ साल अघि) २८१४९ पाठक संख्या

स्वास्थ्य मन्त्रालयले कोरोनाभाईरस कोभिट-१९ को लागी अत्यावश्यक स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाउ पठाउन नेपाल एयरलाइन्सको आरए ४१७१ बिमान चार्टर गरेको थियो ।
नेपाल एयरलाइन्सले विमान चार्टरको लाग्ने भाडा बापत १ लाख ५३ हजार अमेरिकी डलरको बिल स्वास्थ्य मन्त्रालयमा पठायो तर स्वास्थ्य मन्त्रालयले अहिले यो रकम तिर्न पैसा नभएको भनेपछी पर्यटनमन्त्री योगेश भट्टराई आफैं जमानी बसी निगम व्यवस्थापनलाई स्वास्थ्य मन्त्रालयबाट विमान चार्टर बापतको रकम आफुले भुक्तानी लिइदिने जिम्मा लिए पछि शनिबार मध्यान १२ बजेर ३१ मिनेटमा विमान उड्यो । विमानमा लाग्ने इन्धन, ग्राउण्ड ह्याण्डलिङ, स्पेसलगायतका अन्य सबै खर्च हाललाई निगमले नै व्यहोर्ने छ ।

यसपटक मन्त्री भट्टराई आँफै सकृय भएर यो मिशनमा लागेका कारण समय अगाडि नै बिमान चीनको ग्वान्जाउ उडेको छ । मन्त्री भट्टराई पछिल्लो २४ घण्टा विमानको अनुमति लिनेदेखि कुटनीतिक र प्राविधिक काममा समेत आफैं खटिएका थिए । मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई परिचालित गरे, औपचारिक अनौपचारिक संयन्त्रहरु प्रयोग भए परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक पहल गर्‍यो, जसको फलस्वरूप भारत, बंगलादेश,  म्यानमार र चीनबाट १२ घण्टामै नेपाल एयरलाइन्सको चार्टर विमानले ‘रुट परमिट’ पायो । सामान्यतया अन्तर्राष्ट्रिय उडानको लागी आकाशको अनुमति पाउन लागि ७२ घण्टा लाग्ने गर्दछ तर यो पटक भने मन्त्री भट्टराईको सकृयताले १२ घण्टामै सम्पूर्ण अनुमति पाऊँन सफल भएको छ । बिमान आज राती लगभग एक बजेसम्म नेपाल फर्केर आईपुग्ने पनी मन्त्री भट्टराईले जानकारी दिएका छन ।

खबर एक्सप्रेस