आज:  | Thu, 25, Apr, 2024

नेपाल एयरलाईन्सको बिमान चिप्लीएर दुर्घटना

२०७६, १५ चैत्र शनिबार १२:३६ मा प्रकाशित ( ४ साल अघि) १४७२६ पाठक संख्या

नेपालगन्ज एयरपोर्टमा नेपाल एयरलाईन्सको वाइ १२ ई जहाज बिमान दुर्घटना भएको छ काठमाडौंबाट कोरोना भाइरस परीक्षणको मेडिकल सामाग्री लिएर गएको र फर्कदा विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो । नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने बेलामा धावनमार्गमा क्रयासल्यान्ड भएर रनवे भन्दा बाहिर गएर दुर्घटनामा परेकाे हाे । बिमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्।

खबर एक्सप्रेस