आज:  | Fri, 22, Mar, 2024

कोभिट-१९ को चौथो संक्रमित व्यक्ति पुष्टि

२०७६, १४ चैत्र शुक्रबार २३:५१ मा प्रकाशित ( ३ साल अघि) १५६५६ पाठक संख्या

नेपालमा कोभिट-१९ को चौथो संक्रमित व्यक्ति पुष्टि भएको छ कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थित तारानगरको निवासीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती ब्यक्तीमा कोभिड १९ पोजिटिभ भएको पुष्टि थियो व्यक्ति भएको । उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आज काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए । 

डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि  पुष्टि  भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् ।

यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् । 

खबर एक्सप्रेस