अहिले फैलिरहेको महामारी कोरोना भाइरस कोभिड-१९ को सुरुवात नै चीनबाट भएको थियो जसका कारण अहिले विश्व कोरोना भाइरसको महामारीको चपेटामा परेको छ ।
तर चीनमा भने अहिले कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ अहिले चीनमा विगत केही महिनादेखि बन्द भएका चलचित्र हलहरू अहिले खुल्न थालेका छन ।
अहिले चीनका करिब ८ सय भन्दा बढी चलचित्र हलहरू संचालनमा आएका छन । चीन विश्व कै दोश्रो ठुलो बक्स अफिस मानिन्छ । हल संचालनमा आएसँगै चलचित्र हलहरूमा वुल्फ वारियर, एभेन्जर्स, अवतार, इसेप्सन, वुल्फ टोटेम जस्ता चलचित्रहरु रिलिज गर्ने तयारीमा ती चलचित्र हलहरू रहेका छन् ।