आज:  | Mon, 15, Apr, 2024

त्रिविले बिहीबारका लागि तय भएका सबै परीक्षा यथावत सञ्चालन गर्ने

२०७६, ६ चैत्र बिहीबार ०८:०२ मा प्रकाशित ( ४ साल अघि) २६५९९ पाठक संख्या

काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएकाे माध्यमिक शिक्षा परीक्षाको साथै सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा यथावत सञ्चालन हुने र शुक्रबारदेखिका परीक्षा सम्बन्धमा के गर्ने भन्ने बारे आज मन्त्री त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति बनाएर अर्को सूचना प्रकाशन गरी जानकारी गराउने बताएको छ।

खबर एक्सप्रेस