आज:  | Sat, 23, Mar, 2024

एसईई हाललाई स्थगित

२०७६, ५ चैत्र बुधबार २०:५८ मा प्रकाशित ( ४ साल अघि) १३५७९ पाठक संख्या

सरकारले भोलीदेखी हुन गईरहेको माध्यमिक शिक्षाको परीक्षा (एसईई)हाललाई स्थगित गरेको छ । कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । जसमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।

खबर एक्सप्रेस