आज:  | Fri, 19, Aug, 2022

विश्वविद्यालयकासबै परीक्षा पनि स्थगित हुने

२०७६, ५ चैत्र बुधबार २०:०४ मा प्रकाशित ( २ साल अघि) ९७३५ पाठक संख्या

सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन।
यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

खबर एक्सप्रेस