आज:  | Sat, 20, Apr, 2024

राष्ट्रियसभाका अध्यक्ष र सभामुख बीच चर्काचर्की

२०७६, ५ चैत्र बुधबार ०७:५६ मा प्रकाशित ( ४ साल अघि) २२९४१ पाठक संख्या

संसदमा महासचिव मनोहरप्रसाद भट्टराईको अवधी सकिएसगै नयाँ महासचिव सिफारिस र कार्यवाहक दिने बारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना र सभामुख अग्नी प्रसाद सापकोटासँग कुरा गर्न चाहेका थिए । 

तर त्यसो हुन सकेन सभामुखले मनोहर भट्टराई अवकासमा जाने दिन राष्ट्रियसभाका अध्यक्षलाई बोलाएर भने साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔँ भन्नुभएको छ ।त्यो सुनेसँगै गणेश जंगीएर भने यस्तो मनलाग्दी काम नगर्नुहोस् सिस्टम हुन्छ, पार्टी छ, सबैसँग सल्लाह गर्नुपर्छ तर तपाईं त अन्तिम समयमा यसो गर्ने भइयो भनेर तपाईंले मलाई बोधार्थ दिन बोलाएको ? म बोधार्थ बुझ्न बसेको हुँ र ?

महासचिबको बिषयमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत तीन जना सचिवमध्ये सबभन्दा सिनियर सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह भएको रहेछ ।

केही साताअघि इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जाने बिषयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना र अग्नी सापकोटाको भनाभन चलिसकेको रहेछ । गणेशले म जान्छु भनेपछि अग्नीले भनेका थिए तपाईं आफ्नो मर्यादामा बस्नुहोस् मेरो काममा इन्टरफेयर नगर्नुहोस् भनेपछी गणेशले चर्कदै भने मलाई मर्यादा सिकाउने ? संविधान निकाल्नुहोस् राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ ?’ सो कुरा आजको जनआस्था साप्ताहिकले समाचार प्रकाशन गरेको छ ।

खबर एक्सप्रेस