आज:  | Sun, 29, Mar, 2020

ललिता निवास प्रकरणमा आरोप लागेका पौडेल थुनामा

२०७६, ३ चैत्र सोमबार २२:४६ मा प्रकाशित ( १ हफ्ता अघि) ५५९ पाठक संख्या

विशेष अदालत काठमाडौँका न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले थुनछेक बहसपछि ललिता निवास प्रकरणमा आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । 

मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

खबर एक्सप्रेस