आज:  | Thu, 11, Aug, 2022

त्यसो भए प्रदेश र स्थानीय तह भंग गरौ: जनार्दन शर्मा

२०७६, २ चैत्र आईतवार २३:०० मा प्रकाशित ( २ साल अघि) ८९६० पाठक संख्या

पूर्वगृहमन्त्री एवम् नेकपा प्रभावशाली नेता सांसद जनार्दन शर्मा (प्रभाकर)ले संघीयता कार्यान्वयनमा इमान्दार भएर प्रयास नगरेको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्र सरकारबाट पूर्ण अविश्वास गरेको  भन्दै उनले आक्रोश पोखेका छन् । 

आइतबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शर्माले आक्रोशित हुँदै भने संघीयता कार्यान्वयनको लागी हामिले बाटो नै नखोल्ने हो भने प्रदेश र स्थानीय तह भंग गरिदिए हुने बताउदै भने हामीलाई जनताले चूनेर संघको प्रतिनिधि छौं भने तलका प्रतिनिधिहरु जनताबाट निर्वाचित होइनन् र ? तिनीहरु राष्ट्रप्रति इमान्दार छैनन् र ? तिनमा जनताको विश्वास छैन र ? त्यसो भए हामीमात्र इमान्दार छौं ? यदी त्यसो हो भने संघ मात्र राखौं न त किन चाहियो प्रदेश र स्थानीय तह सबै भंग गरौ भन्दै बैठकमा आक्रोश पोखेका छन।बैठकमा संघीय निजामती सेवा विधेयकका टुंगिन बाँकी विषयमा छलफल भएको थियो । प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघको हुने कि प्रदेशको भन्ने विषयमा छलफल भए पनि टुंगो नलागेपछि समितिको बैठक चैत पाँच गतेसम्मका लागि स्थगित भएको छ ।

खबर एक्सप्रेस