आज:  | Sun, 29, Mar, 2020

सातै प्रदेश प्रमुखले प्रचण्डलाई भेटेको प्रती बाबुराम र कमल थापाको ट्विट

२०७६, २ चैत्र आईतवार २१:१५ मा प्रकाशित ( १ हफ्ता अघि) २४५० पाठक संख्या

सात वटै प्रदेशका प्रमुखहरुले काम गर्दा आफूहरुले भोग्नु परेका समस्याहरू बारे अवगत गराउन काठमाडौं आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको योजना बनाएर आएका ऊनीहरू आइतबार सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । आफुहरूले भोग्नु परेका बिभिन्न समस्याबारे उनीहरुले नेकपा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सातै प्रदेश प्रमुखले नेकपा अध्यक्ष प्रचण्डसँगको भेटघाटलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार सात वटै प्रदेशका प्रमुखहरूले प्रदेशका समस्या अवगत गराउन भन्दै काठमाडौँ बोलाएर अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका थिए ।

यो भेटघाटको विषयलाई लिएर डा. बाबूराम भट्टराईले ट्विट गरी असन्तुष्टि जनाएका हुन। ऊनले प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन् राज्यका प्रतिनिधि हुन् उनीहरूले राज्य/सरकार प्रमुखलाई भेट्ने हो पार्टी प्रमुखलाई भेट्ने हैन!कुनै एकको निजी भेटघाट हुनसक्छ सातै जना एकैसाथ निजी भेट हुनसक्दैन पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन जो अगुवा उही..नहोस्! भनि ट्विट गरेका छन् ।

भट्टराईको त्यही ट्विटलाई राप्रपाका अध्यक्ष कमल थापाले पुन: ट्विट गर्दै “….पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन ! जो अगुवा उही..नहोस्!” लेखेका छन् ।

खबर एक्सप्रेस