आज:  | Mon, 15, Aug, 2022

नेपालमा कोरोना भाइरसको संक्रमण छैन :प्रम

२०७६, २ चैत्र आईतवार २०:३१ मा प्रकाशित ( २ साल अघि) २०१५१ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध सार्क स्तरिय भिडियो कन्फरेन्समा बोल्दै कोरोना भाइरस (कोभिड १९) रोग भित्रन नै नदिन सरकारी संयन्त्र अलर्टमा रहेको जानकारी दिएका छन्। नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै किसिमको संक्रमण नरहेको र कोरोना भाइरसको संक्रमण हुनै नदिन नेपाल सरकारले धेरै सावधानी अपनाएर काम कारबाही गरिरहेको जानकारी दिएका छन । 

उनले भनेका छन् कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिक वा गैरआवासीय नेपालीले सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरेको जानकारी दिए।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारले सावधानी अपनाउनको लागि सीमानाकामा तेस्रो मुलुकका नागरिकलाई प्रवेशमा प्रतिवन्ध लगाइएको जानकारी दिदै यसवर्षको हिमाल आरोहण पनि रद्द गरिएको पनि बताए । 

सम्बोधन कै क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा सार्कका सबै मुलुकलाई धन्यवाद दिएका थिए । भिडियो कन्फरेन्समा कोरोना भाइरस (कोभिड १९) भाइरस विरुद्ध लड्न सार्क मुलुकहरुको आपतकालिन कोष स्थापना गर्नका लागि भारतले प्रस्ताव राखेको छ ।

खबर एक्सप्रेस