आज:  | Sat, 20, Apr, 2024

नेपाल-भारत सीमानामा कुनै अवरोध छैन: भन्सार विभाग

२०७६, २९ फाल्गुन बिहीबार १९:३८ मा प्रकाशित ( ४ साल अघि) १४३८५ पाठक संख्या

नेपाल-भारतको नाका नियमित संचालनमा रहेको छ व्यापारमा कुनै अवरोध नभएको भन्सार कार्यालयहरुले जनाएका छन् । ठूलो व्यापारिक नाका वीरगन्ज, भैरहवा, विराटनगर र सुख्खा बन्दरगाहको व्यापार नियमित र निरन्तर भैरहेका छन् । गत होलीको सार्वजनिक बिदाका कारण ग्याँस र पेट्रोलियम पदार्थबाहेक अन्य ब्यापार रोकिएको भएपनि बुधबारबाट त्यो अवस्था सामान्य रहेको छ ।

कोरोना भाईरसका कारण विश्वमा अर्थतन्त्र केही सुस्त हुँदा त्यसको असरले व्यापारको कारोंबार घटे पनि नेपाल-भारत व्यापारमा कुनै अवरोध नरहेको भन्सार बिभागले जनाएकोछ ।
भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा निलम्बन गर्ने निर्णय गरेको छ । भारतिय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको छ

 

खबर एक्सप्रेस