आज:  | Tue, 26, Mar, 2024

चीनमा कोरोना भाइरसको महामारी समाप्त भएको घोषणा

२०७६, २९ फाल्गुन बिहीबार १७:०१ मा प्रकाशित ( ४ साल अघि) १७८८८ पाठक संख्या

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । तर चीनको वुहान बाहेक चीनका अन्य सहरमा भने अहिले संक्रमण फैलन पाएको छैन । कोरोना भाइरसको संक्रमण फैलन नदिन चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो जसका कारण चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ ।
पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम न्युन भएपछि त्यहा स्थित राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार कोरोना भाइरसको महामारी समाप्त भएको घोषणा गरेका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले बताएको छ।

अहिलेसम्म करिब एक लाख भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । यसमा अधिकांश चिनियाँ नागरिक रहेका छन् ।कोरोनाको शुरुवात पनि चीनबाट भएको हो भने सबैभन्दा बढी प्रभावित पनि चीन नै बनेको थियो ।

खबर एक्सप्रेस