आज:  | Mon, 15, Apr, 2024

कोरोना भाइरसबाट बच्‍न नमस्ते गरौ

२०७६, २९ फाल्गुन बिहीबार ११:२७ मा प्रकाशित ( ४ साल अघि) १८२२९ पाठक संख्या

भारत मुम्बई ।अभिनेता सलमान खान र अनुपम खेर पछि अभिनेता अक्षय कुमारले कोरोना भाइरसबाट बच्‍न र बचाउन नमस्ते गर्न सल्लाह दिएका छन् । ऊनी अहिले चलचित्र ‘सूर्यवंशी’ को प्रचारमा रहेका बेला सो कुरा बताएका हुन ।कोरोनाका कारण भारतीय चलचित्र उद्योगमा पनि असर पर्ने भन्दै कोरोना भाइरसबाट बच्‍न सरसफाईमा ध्यान दिन आवश्यक रहेको भन्दै हामी सबैले अब नमस्ते गरी अभिवादन गर्नुपर्छ भनेका छन ।

उता अभिनेता सलमान खानले आफनो ट्विटर अकाउन्टमा नमस्ते गरिरहेको एउटा फोटोसहित नमस्कार…हाम्रो सभ्यता हो ‘नमस्ते’ र सलाम हो । कोरोना भाइरसको संक्रमण रोकिएपछि हात मिलाऊ र अंगालो हालौं क्यापसन लेखेका छन

अनुपम खेरले पनी मंगलबार एउटा भिडियो ट्विट गर्दै भनेका छन् साथीहरु, विश्वभरी कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ हामी एकअर्कालाई नमस्ते गरी अभिवादन गर्ने हाम्रो भारतीय परम्पराको उत्तम उपाय हो। नमस्ते गर्दा तपाईमा भएको सबै उर्जा केन्द्रित गर्दछ । त्यसैले नमस्ते गरौं ।भनेका छन् ।

अहिलेसम्म भारतमा ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ, जसमा तीन जना ठिक भइसकेका छन् ।

-दैनिक भाष्कर 

खबर एक्सप्रेस