आज:  | Thu, 28, Mar, 2024

अध्यक्ष कमल थापाले भागवत गीतामा हात राखेर पार्टी नफुटाउने कसम खाए

२०७६, २८ फाल्गुन बुधबार २२:५८ मा प्रकाशित ( ४ साल अघि) २३००३ पाठक संख्या

आज राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा (संयुक्त)को एकता घोषणा सभा सम्पन्न भएको छ । कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो । एकता सभालाई पार्टीका तिनै जना अध्यक्ष, पूर्वप्रधामन्त्री लोकन्द्रबहादुर चन्द लगाएतका नेताले सम्बोधन गर्दै अब पार्टी कहिल्यै नफुटाउने बाचा गरेका छन् भने अध्यक्ष कमल थापाले त भागवत गीतामा हात राखेर पार्टी अब नफुट्ने र आफूले नफुटाउने कसम खाएका छन्।

अध्यक्ष थापालेयसअघि पटक–पटक छिन्नभिन्न भएको राप्रपा एकै ठाउँमा आएको बताउँदै उनले यो एकता ऐतिहासिक उपलब्धी भएकोले अब नेपाललाई नयाँ युगमा लैजानको लागी गरिएको ऐतिहासिक कदम हो थापाले भने अहिले कांग्रेस र कम्युनिष्ट दुबै पार्टीहरू कै विचारधारा नेपालको राजनीतिमा हावी भैरहेकोले अब मुलुकमा नयाँ विचारधाराको आवश्यकता रहेकोले हामी एक भएका हौँ भन्दै विगतका कमि कमजोरी सच्याउँदै तेस्रो राजनीतिक वैचारिक धारको शक्ती बनाउन अघि बढ्ने उद्घोष गरे। अहिलेका ठुला पार्टीहरुले मुलुकलाई बर्बाद बनाएको बताउँदै अब तेस्रो राजनैतिक शक्तीको रुपमा राप्रपा बनाउने भन्दै यो एकता कसैको दवाव र प्रभावमा नभएको दाबी समेत गरेका छन ।

दुई पार्टीबीच एकता गर्न गत शनिबार राति अबेर ३ जना अध्यक्षले सहमति गरेका थिए । पार्टीमा तीन जना अध्यक्ष समान हैसियतमा रहने गरी एकताको सहमती भएको हो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने बताईएको छ। एकताको १० बुँदे सहमति पत्र जारी गरिएको छ भने पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीन जना अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पनी पालैपालो गर्ने सहमती भएको छ ।




 

खबर एक्सप्रेस