आज:  | Thu, 25, Apr, 2024

‘ए मेरो हजुर ४’ टिमको होली

२०७६, २७ फाल्गुन मंगलवार २२:४६ मा प्रकाशित ( ४ साल अघि) ३८२२४ पाठक संख्या

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली खासै नेपाली फिल्मकर्मीहरुका लागि पनि नरमाइलो बन्न पुग्यो।

हाल पोखरामा छायांकनमा रहेको निर्देशक झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ टिमले छायांकन सेटमा नै सामान्य किसिमको होली मनाएको तस्बिर प्राप्त भएको छ ।

सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । फिल्मका मुख्य कलाकारमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतसँगै अभिनेता अनमोलले पालेको कुकुर कोको’ ले पनि ‘ए मेरो हजुर ४’ मा अभिनय गर्ने छ ।
पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन हुनेछ। फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । फिल्म अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।


खबर एक्सप्रेस