आज:  | Fri, 22, Mar, 2024

पठाओ र टुटलको सेवा बन्द गराऊँन माग

२०७६, २७ फाल्गुन मंगलवार १९:४९ मा प्रकाशित ( ४ साल अघि) २०९८८ पाठक संख्या

ट्याक्सी व्यवसायी तथा ट्याक्सी चालकहरुले पठाओ र टुटलको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै टुटल र पठाओले अहिले त्यो कार्य गरीरहेकोले ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने कार्य गरेकोले उनीहरुले विभिन्न किसिमबाट चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।

व्यवसायीहरुले यस्ता सेवा बन्द गराउन पहल नगरेसम्म घेराउ जारी राख्ने चेतावनी दिएपछि विभागले मंगलबार साँझ विभागले एक सूचना जारी गर्दै निजी सवारीसाधनले भाडाको सवारी बेक्न नपाउने आशयको सुचना जारी गरेको छ ।

टुटल र पठाओको नाम उल्लेख नगरी विभागले कानूनी व्यवस्था स्मरण गराउँदै निजी सवारी साधनले यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको छ ।

खबर एक्सप्रेस