आज:  | Wed, 27, Mar, 2024

चीनमा कोभिड–१९ को संक्रमण गयो

२०७६, २६ फाल्गुन सोमबार १६:४८ मा प्रकाशित ( ४ साल अघि) २३४६८ पाठक संख्या

विश्वमा फैलदै गएको कोरोना भाइरस(कोभिड–१९) को सक्रमण चीनबाट शुरुवात भएको थियो । अहिले चीनको पुर्बी क्षेत्र आन्हुई प्रान्तका सबै कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारी अुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन् । 

प्रादेशिक स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म आन्हुई प्रान्तमा कोभिड–१९ संक्रमितको संख्या ९ सय ९० पुगेको थियो। प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन्। चिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन्। अहिले पनि ४ सय ३२ जना चिकित्सकको निगरानीमा रहेका छन्। पछिल्लो १० दिनमा प्रदेशमा थप संक्रमण नदेखिएको पनि स्वास्थ्य आयोगले जनाएको छ। सरकारले तयार पारेको अस्थायी अस्पताल पनी बन्द गरेको जानकारी दिएको छ ।

पछिल्लो जानकारी अनुसार अहिले चीनमा कोभिड–१९ को संक्रमण घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा चीनमा थप ४३ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मात्रै मृत्यु भएको छ। सोमबार दिउँसोसम्म चीनमा ८० हजार ७ सय ३८ जनामा संक्रमण देखिएको छ भने ३ हजार एक सय २० जनाको मृत्यु भएको छ। त्यस्तै ५८ हजारभन्दा बढी निको भएका छन् ।

विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

खबर एक्सप्रेस