आज:  | Wed, 30, Nov, 2022

भारी वर्षा र हिमपातका कारण पाकिस्तानमा १७ जनाको मृत्यु

२०७६, २४ फाल्गुन शनिबार २१:४३ मा प्रकाशित ( २ साल अघि) १२६८० पाठक संख्या

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ । वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उनले बताए ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ । पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ ।

खबर एक्सप्रेस