आज:  | Sat, 13, Apr, 2024

मास्क कृत्रिम अभाव देखाउने व्यवसायीलाई २ लाखसम्म जरीवाना

२०७६, २२ फाल्गुन बिहीबार २२:०२ मा प्रकाशित ( ४ साल अघि) १८५०८ पाठक संख्या

बजारमा अहिले मास्कलाई कृत्रिम अभाव देखाएर व्यवसायीले ५ रुपैयाँ पर्ने मास्कलाई ३०/३५ रुपैयाँसम्म बेच्ने गरेको र केही व्यवसायीहरुले मूल्य वृद्धि गराउनकै लागि लुकाएर राखेको भन्ने सूचना आएको आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले मास्क लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेकाे छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। 

विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्ट स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना गरेर मूल्य दोब्बर बनाइएको भेटिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बजारमा मास्क अभाव देखाएर बढी मूल्यमा बिक्री गरिरहेको गुनासो ब्यापक आउन थालेपछि बजार अनुगमनलाई तिब्र पारिएको र त्यस्तो गरेको पाएमा कडा कार्बाही गर्ने महानिर्देशक सुवेदीले बताए।

खबर एक्सप्रेस