आज:  | Thu, 11, Aug, 2022

राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले शपथ लिए

२०७६, २१ फाल्गुन बुधबार १३:०३ मा प्रकाशित ( २ साल अघि) १२७७३ पाठक संख्या

राष्ट्रिय सभाका नवनिर्वाचित १८ जना सांसदले नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । बुधबार बिहान आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् ।

सपथ पछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका थिए ।

राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि गत माघ ९ गते निर्वाचन भएको थियो । १८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो । 

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गरेको थियो । 

नवनिर्वाचित सदस्यहरू नारायणकाजी श्रेष्ठ, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहालको शपथ लिएका छन् । यस्तै, सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसालको पनि शपथ हुनेछ । यस्तै, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर रहेका छन् 

खबर एक्सप्रेस