आज:  | Fri, 22, Mar, 2024

सकभर विमानस्थल नआउन सर्वसाधारणलाई अपिल

२०७६, १९ फाल्गुन सोमबार २१:४५ मा प्रकाशित ( ४ साल अघि) १४७५७ पाठक संख्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले सकभर विमानस्थलमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ ।
उड्ययन कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विभिन्न सतर्कताहरु अपनाइएको छ अहिले संक्रमण फैलिन सक्ने सम्भावना देखिएको र डब्लुएचओले पनि नेपाललाई जोखिममा राखेकाले अत्यावश्यक बाहेक विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, नेपाल सरकारले पनि सार्वजनिक स्थानमा भीडभाड कम गर्न गरिएको आग्रहलाई समेत मध्यनजर गरी सो को नियन्त्रणका लागि यस अन्तर्राष्ट्रिय विमास्नथलबाट आवतजावत गर्नुहुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउनुहुने आफन्तजन लगायत अन्य महानुभावहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनुहुन र अत्यावश्यक काममा आउदा मास्क प्रयोग गरिदिनुहुन अनुरोध गरेको छ

nor

खबर एक्सप्रेस