आज:  | Sun, 14, Aug, 2022

चीनबाट उद्दार गरिएका कसैमा पनि कोरोनाभाइरस भेटीएन आजै घर जाने

२०७६, १९ फाल्गुन सोमबार १६:३३ मा प्रकाशित ( २ साल अघि) १०६०३ पाठक संख्या

चीनको वुहानबाट उद्दार गरिका १ सय ७५ जनालाई कोरोना परीक्षण गर्दा कसैलाई पनि कोरोनाभाइरसको संक्रमण नदेखिएकोले १ सय ७५ जनालाई आजै घर पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

उनीहरूलाई फागुन ४गते वुहानबाट उद्दार गरी नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
आइतबार मात्रै वुहानमा उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइन स्थलबाट घर पठाइएको थियो।

खबर एक्सप्रेस