आज:  | Thu, 28, Mar, 2024

बच्चा बोकेकी महिलालाई लाठी हान्ने ईइन्स्पेक्टरमाथी थालियो कारबाही

२०७६, १६ फाल्गुन शुक्रबार १५:५१ मा प्रकाशित ( ४ साल अघि) १६४९३ पाठक संख्या

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरी प्रधान कार्यालयको निर्देशनमा छानविन गर्न ललितपुरकी एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ। 

घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको हो । ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए।

अहिले एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडीयो सामाजिक सञ्जालमा भाइरल छ। इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।

खबर एक्सप्रेस