आज:  | Fri, 19, Aug, 2022

खुमलटार बैठकको निष्कर्ष

२०७६, १६ फाल्गुन शुक्रबार १२:५६ मा प्रकाशित ( २ साल अघि) २६५९९ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टीको गत बुधबार बसेको पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बाधक बनेमा  प्रधानमन्त्रीबाट हटाउनेसम्मको तयारी भएको खुलासा भएको छ । स्रोतका अनुसार आज बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम खुमलटारको बैठक बसेका थिए ।वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री आफैं उपस्थित भएर गरेको निर्णय कार्यान्वयन नभए ओलीलाई प्रतिस्थापन गर्नेसम्मको तयारी भएको स्रोतले दाबी गरेको छ । उहाँ पार्टीको पहिलो वरीयताको अध्यक्ष हो । आफैं उपस्थित भएर गरेको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन । उहाँले सचिवालय बैठकमा प्रतिवाद पनि गर्नुभएको छैन । असहमति पनि राख्नुभएको छैन । उहाँसँग सचिवालयको निर्णय कार्यान्वयन गर्नुको विकल्प पनि नै छैन स्रोतले भन्यो ।

प्रधानमन्त्रीले ओली सचिवालयको निर्णय तत्काल कार्यान्वयन गर्न सकिँदैन अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने भन्ने अडानमा देखिन्छन् । त्यसो भए ओलीलाई हटाउने सम्मको तयारी रहेको खुमलटार बैठकले निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

खबर एक्सप्रेस