आज:  | Sat, 20, Aug, 2022

के सिपी मैनाली सवार गाडी दुर्घटना नियोजीत थियो छानबिनको माग

२०७६, १५ फाल्गुन बिहीबार २३:०१ मा प्रकाशित ( २ साल अघि) १०१३८ पाठक संख्या

नेकपा मालेका महासचिव सिपी मैनाली झापामा पारिवारिक कार्यक्रमबाट राजधानी आउने क्रममा महोतरीको धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु खोला नजिक उनी चढेको कारलाई बिपरित दिशातर्फबाट आएको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । उनीसँगै उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् । उनी सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएकोले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी जनतासमक्ष सत्य, तथ्य ल्याउन र कूनियतजन्य योजनाकारका दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।

खबर एक्सप्रेस