आज:  | Thu, 11, Aug, 2022

नेपाल प्रहरीमा तीन जनालाई एआईजी बढुवाको सिफारिस

२०७६, १५ फाल्गुन बिहीबार २१:१८ मा प्रकाशित ( २ साल अघि) ९६११ पाठक संख्या

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागी सिफारिस गरेको छ । बढुवा सिफारिसमा पर्नेहरुमा डीआईजीहरु तारणीप्रसाद लम्साल,शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

नेपाल प्रहरीका तीन जना एआईजीको पद रिक्त छ । एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए ।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ ।

खबर एक्सप्रेस