आज:  | Tue, 16, Apr, 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोग धमाधम साना माछा समाउदै

२०७६, १४ फाल्गुन बुधबार १९:१३ मा प्रकाशित ( ४ साल अघि) १३३०० पाठक संख्या

सुन घुस लिएको आरोपमा रसुवा जिल्लास्थित सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपाल सहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले सिफारिस गरेको हो। सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना.६ ख. ४९३२ को कन्टेनर चेक गर्ने क्रममा चालक फुर्वा पासाङबाट ४ सय २२ ग्राम सुन लिएर कन्टेनर छोडेकोअख्तियारले पत्रमा उल्लेख गरेको छ। सुन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा १६ जनाले एकआपसमा बाँडफाँट गरेको आरोप लागेको छ।
घटनाका सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहेकाले उनिहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको जानकारी अख्तियारले दिएको छ।

यी हुन् अख्तियारले निलम्बन गर्न सिफारिस गरेका १६ प्रहरी
१. प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८. प्रहरी जवान शिव नारायण चौधरी
९. प्रहरी जवान युवराज खरेल
१०. प्रहरी जवान भविलाल रुम्बा लामा
११. प्रहरी जवान रामचन्द्र वि.क.
१२. प्रहरी जवान रिता चौधरी
१३. प्रहरी जवान मनोज आले
१४. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१५. प्रहरी जवान तारा बहादुर प्रजा
१६. प्र.का.स. हरी बहादुर श्रेष्ठ

खबर एक्सप्रेस