आज:  | Sat, 23, Mar, 2024

प्रधानमन्त्रीको कडा चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने

२०७६, १४ फाल्गुन बुधबार १८:०८ मा प्रकाशित ( ४ साल अघि) २४८३२ पाठक संख्या

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’ भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्। सदस्यहरूले पहिल्यै निर्णय गरेर आएको आरोप लगाउदै वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ’ भनेर सचिवालय बैठकमा असन्तोष सहित स्वीकृति दिएको सचिवालयका एक सदस्यले बताए।
सचिवालय बैठक सकिएको केही घन्टापछि प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरे फोनमा ओलीले आफ्नो असन्तुष्टि राख्दै तपाईंहरूले मलाई धेरै पेल्नुभयो म वामदेवलाई सिफारिस गर्दिनँ खतिवडालाई नै निरन्तरता दिन्छु ओलीले नेपालसँग भने सचिवालयको निर्णयबारे थप छलफल गर्न प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएका छन्।

खबर एक्सप्रेस