आज:  | Mon, 15, Apr, 2024

सल्यानमा हेलिकप्टर नपाएर २१ बर्षिया युवतिकाे मृत्यु

२०७६, १४ फाल्गुन बुधबार १४:१० मा प्रकाशित ( ४ साल अघि) १८८८० पाठक संख्या

प्रधानमन्त्रीको जन्मदिन अनी हेलिकप्टरबाट केक ढुवानीको समाचारसँगै हेलिकप्टर नपाएर सल्यानमा २१ बर्षिय कल्पना आचार्यको उपचार हुन नसकी मृत्यु भएको छ उक्त घटनाबारे उनका दाईले सामाजिक संजालमा लेखेका छन्

गत फाल्गुन ४गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना आचार्यको उपचार काठमाण्डौमा मात्र सम्भब भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्दार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे।एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टर हरुको भनाइ थियो। यो परिस्थितिको सिर्जनापछि शानपा प्रमुख,यो प्रदेशका मन्त्री,प्रदेश सभासद,प्रमुख जिल्ला अधिकारि,केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे। प्रयास स्वरुप सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो।कागजको ओहोर दोहोर र कागजले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुख बाट लडेको करिव ९ घण्टा बिति सकेको थियो।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन।
हेलिकप्टर बाट छोरिको उद्धार गरि छोरी लाई निको बनाउने अभिलाशा राखेका घाइतेका बाबा,आमा,नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुखबाट लडेको करिव १८ घण्टा पछि राती कल्पनाको दुखद निधन भयो।
बिडम्बना!
सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन।राज्यका अङ्ग हरु परिचालित हुदाहुदै पनि एउटा मिसन पुरा हुन सकेन।तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ?यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को सम्यन्त्र तयार गर्नुपर्ने हो कि?राज्य सम्यन्त्र निर्देसित मात्र यसलाई उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदैछ कि? तिमि यस्तो देश मा जन्म लियकि थियौ जहा केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन्। माफ गर बहिनि।
हार्दिक श्रद्धान्जली बहिनि। तिम्रो आत्माले शान्ती पाओस।

खबर एक्सप्रेस