आज:  | Thu, 28, Mar, 2024

राष्ट्रपति बैतडी जाने १दिन सार्वजनिक बिदा

२०७६, १४ फाल्गुन बुधबार १२:२१ मा प्रकाशित ( ४ साल अघि) १४२३० पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी स्थित पाटन नगरपालिका वडा न ६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् ।
राष्ट्रपति आउँदा पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ भने नागरिक अभिनन्दनसँगै अन्य कार्यक्रम पनि राखेको छ । यो बारे बुझ्दा नगरपालिकाका प्रमुख केशबबहादर चन्दले राष्ट्रपति पहिलोपटक हाम्रो नगरपालिकामा आउन लागेकाले स्वागतका लागि १दिन सार्वजनिक बिदा दिएको र नागरिक अभिनन्दन गर्न लागेको जानकारी दिए ।

खबर एक्सप्रेस