आज:  | Sun, 29, Mar, 2020

ब्रेकिङ्ग: कलंंकीमा भयानक दुर्घटना

२०७६, १२ फाल्गुन सोमबार २०:३२ मा प्रकाशित ( १ महिना अघि) १४५८ पाठक संख्या

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको

फाइल तस्बिर

खबर एक्सप्रेस