आज:  | Sun, 29, Mar, 2020

सरकारको काम सहन नसकेर विरोध गरिरहेका छन् – प्रधानमन्त्री ओली

२०७६, १२ फाल्गुन सोमबार १८:५९ मा प्रकाशित ( १ महिना अघि) १३०३ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारको बिरोध बिरोधका लागि मात्रै भएको आरोप लगाएका छन् । सरकारको काम सहन नसकेर विरोध गरिरहेका छन् त कोही केही त बोल्नैपर्छ भनेर बिरोध गरिरहेका छन् ।

आफुहरुले देशलाई आवश्यक पर्ने र जनताले पत्याउने खालको नीति बनाएका कारण विरोधीहरु अत्तातिएको समेत बताए । अहिलेको सरका छ­÷छ महिनामा परिवर्तन हुने नभएर पुरै पाँच वर्षको लागि स्थिर भएको दावी गर्दै ओलीले छ महिने सरकारको जस्ता पपुलिष्ट भन्दा पनि दीर्घकालीन प्रभाव पार्ने काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

आफुहरुले यही काम गर्न लागेको दावी पनि गरे । उनले भने, ‘बिरोधीहरुले आरोप लगाउने केही विषय नपाएपछि प्रधानमन्त्रीले लगाएको कोट, प्रधानमन्त्रीले लगाएको दौरा सुरुवाल मिलेन सम्म भन्न भ्याएका छन ।’ उनले भने । उनले एकथरी समुह अस्तित्वको लागि र अर्कोथरी समुह केही त भन्नैपर्यो, गर्नैपर्यो भनेर माईतिघर जाने गरेको बताए ।

पछिल्लो समयमा निवर्तमान सूचना, सञ्चार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाको टेलिफोन संवाद काण्ड र आफ्नो जन्मदिन मनाएको शैलीप्रति उनी बिरुद्ध कडा आलोचना भईरहेको छ ।

खबर एक्सप्रेस