आज:  | Sun, 29, Mar, 2020

फेवा तालमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

२०७६, १२ फाल्गुन सोमबार १६:४५ मा प्रकाशित ( १ महिना अघि) १२७२ पाठक संख्या

पोखराको फेवातालमा सोमबार डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । पोखरा घुम्न आएका काठमाडौका २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका छन।

३ जना सवार रहेको उक्त डुंगाका दुईजनाको उद्धार गरिएको छ । हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । डुङगा चढ्दा लाइफ ज्याकेट नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।

खबर एक्सप्रेस