आज:  | Sun, 29, Mar, 2020

लामो कपालका कारण इन्स्टाग्राममा भाइरल

२०७६, १० फाल्गुन शनिबार २२:०३ मा प्रकाशित ( १ महिना अघि) १३६५ पाठक संख्या

लन्डनमा बस्ने सात वर्र्षीय बालक –फारुक जेम्स् अहिले इन्स्टाग्राममा भाइरल छन् । कारण, उनको लामो कपाल ।

लामो कपालले फारक चर्चित् बन्दै गएका छन् । मोडल र क्याटवोकर समेत रहेका फारुकले फेन्डी र गुची, डोल्चे एण्ड गबाना र ब्यालेन्सियागाका लागि मोडलिङ गरेर लोकप्रिय भएका हुन् । तर उनकी आमाले चर्चासँगै चर्को आलोचना पनि खेप्नुपरेको छ ।

बालककी आमाले उनको इन्टाग्राम चलाउँछिन् । फारुकलाई आफ्नो कपाल मनपर्छ र आफू कपालकै कारण अरुभन्दा फरक भएको उनी ठान्छन् । केही केटाकेटीले भने उनलाई कपालकै कारण गिज्याउने गर्छन् । तर उनी अरुले भनेको कुराको वास्ता गर्दैनन् । र आफ्नो कपाल कहिल्यै नकाट्ने बताउँछन् ।

खबर एक्सप्रेस