आज:  | Wed, 27, Mar, 2024

महाशिवरात्रीको भोली पल्ट नै चोरीए सजाएका फूलहरू

२०७६, १० फाल्गुन शनिबार २१:५२ मा प्रकाशित ( ४ साल अघि) २१२९८ पाठक संख्या

पशुपति मन्दिर परिसरलाई महाशिवरात्री पर्वमा फूलले भब्य रुपले सजाईएको थियो तर उक्त सजाइएका फुलहरुलाई बाँदरले बिगार्नेमा पशुपति बिकास कोश चिन्तित थियो तर त्यसो भएन ति सजाइएका फुललाई बाँदरले नभै मानिसबाट चोरीएका छन् हिजोका सजावटहरु आज कुरुप भएका छन ।

यस्ता गतिबिधीबाट बिरक्तिएर पशुपती बिकास कोसका सदस्य सचिबले आफ्नो सामाजिक संजालमा “ फूल र प्रकाशले सजाउने सोचियो अनि तत्काल प्रश्न तेर्सियो बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् भनि  रोस ब्यक्त गरेका छन ।


खबर एक्सप्रेस