आज:  | Sun, 14, Aug, 2022

अमेरिकाको जर्जटाउन सहरमा कुकुर मेयर

२०७६, १० फाल्गुन शनिबार २१:३२ मा प्रकाशित ( २ साल अघि) १०९१३ पाठक संख्या

गत बुधबार पार्कर नामक कुकुरलाई अमेरिकाको जर्जटाउन सहरमा मेयर बनाइएको छ ।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेका थिए । जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करले सहरको मेयर पदको सपथ गत बुधबार ग्रहण गरेको छ ।

सपथसँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्करलाई पूरा पहिरनमा समारोहस्थल लगिएको थियो । समारोहका क्रममा पार्करलाई टाई तथा क्याप र चश्मा लगाइएको थियो ।

खबर एक्सप्रेस