आज:  | Thu, 28, Mar, 2024

प्रहरीमा आईजिपी खनालको नेतृत्व असफल

२०७६, ७ फाल्गुन बुधबार २३:०० मा प्रकाशित ( ४ साल अघि) १३३०० पाठक संख्या

काठमाडौं, २९ माघ ।
नेपाल प्रहरीको नेतृत्वमा कतिसम्म चिसोपन रहेछ भन्ने कुरा गत मंगलबार प्रहरी मुख्यालयको बिदाई कार्यक्रममा देखियो । २१ मध्ये १६ प्रहरी अधिकारीले महानिरीक्षकको बिदाई कार्यक्रम नै बहिष्कार गरेका छन् । अझ आईजिपी खनालको भन्दा एआईजी पुष्कर कार्कीको बिदाई कार्यक्रम भव्य देखिएको थियो ।
महानिरीक्षक खनालको बिदाई कार्यक्रम तीनै एआईजीले बहिष्कार गरेका थिए । एआईजी पुष्करसँग त उनको सम्बन्ध पटक्कै राम्रो थिएन । उनीसँग निकट भनिएको ठूले राई समेत बिदाईमा गएनन् । प्रहरी मुख्यालयकै धेरै डिआईजीहरु आफ्नो विभागबाट बिदाई भएर घर गएका थिए । यो घटनाले प्रहरी महानिरीक्षक खनालको नेतृत्व कति कमजोर रहेछ भन्ने देखाउने प्रहरी अधिकारीहरु बताउँछन् । एआईजी कार्की, डिआईजी पिताम्बर अधिकारी, डिआईजी दीपक थापा तथा सुरज केसीको बिदाई भने कार्य तथा अपराध अनुसन्धान विभागमा भव्यताका साथ भएको थियो । डिआईजी पिताम्बर अधिकारीले त अवकाशपछि सांकेतिक रुपमा खनालको चर्काे अलोचना गरेका छन् । उनले फेसबुक र ट्वीटरमा लेखका छन्,‘अब नेपाल प्रहरी व्यवसायिक बनोस्, दलालहरुको ब्यूहमा नफसोस्,दलाल साम्राज्यवाद मूर्दावाद ।’ केही स्वार्थी समूहको चंगुलमा पर्दा खनालको नेतृत्वमा प्रहरी सफल हुन नसकेको मुख्यालयमा चर्चा छ । प्रहरी महानिरीक्षक खनालसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत तथा प्रहरी नायव महानिरीक्षकहरु मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल, शेर बहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमल बहादुर जिटी, महेन्द्र कुमार पोखरेल, दान सिंह बोहोरा, राम प्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्ण चन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्र मान श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका हुन् ।

खबर एक्सप्रेस