आज:  | Tue, 16, Apr, 2024

२ लाख घुस सहित बैतडी सिचाइ प्रमुख पक्राउ

२०७६, ७ फाल्गुन बुधबार २२:२२ मा प्रकाशित ( ४ साल अघि) १५५३२ पाठक संख्या

सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख शुरेशराज भट्ट २ लाख घुससहित पक्राउ परेका छन् ।उनलाई घुस लिएको गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले भट्टलाई २ लाख घुसहित पक्राउ गरेको छ। प्रहरीबाट खानतलासी गर्दा उनले लिएको घुस कार्यालयमै लुकाएर राखिएको अवस्थामा भेटिएको छ ।
चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस लिएका हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रबिन्द्र श्रेष्ठको कमाण्डमा गएको टोलीले उनलाई पक्राउ गरी अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिनुभयो।

खबर एक्सप्रेस