आज:  | Fri, 29, Mar, 2024

डा. तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने

२०७६, ५ फाल्गुन सोमबार १५:५९ मा प्रकाशित ( ४ साल अघि) १४४४७ पाठक संख्या

पूर्वउपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ । सोमबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आऊनुभएको थियो । तर माघ १४ गते बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

खबर एक्सप्रेस