फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अस्ट्रेलियाबिरुद्धको दोस्रो लेगका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । अस्ट्रेलियासँगको खेल आउँदो चैत १८ गते दशरथ रंगशालामा हुनेछ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालीनले छनोट गरेको प्रारम्भिक टिममा स्टार स्ट्राइकर विमल घर्तीमगर तथा युवा स्टार अविशेक रिजाल समावेश छैनन् । लिगका उत्कृष्ट युवा खेलाडी दर्शन गुरुङ, सर्वाधिक गोलकर्ता आशिष लामा, एरिक विष्ट लगायतका खेलाडीहरुले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक दीप कार्की भने प्रारम्भिक टिममा समावेश छैनन् । विमलसँगै अनुशासनको कारबाहीमा परेका मिडफिल्डर सन्तोष तामाङ, दिनेश राजवंशीलाई पनि टिममा बोलाइएको छैन ।
कारबाही फुकुवा भएपछि लिगमा मनाङ मस्र्याङदीका लागि उत्कृष्ट प्रदर्शन गरेका अन्जन विष्टले भने टिममा पुनरागमन गरेका छन् ।