आज:  | Wed, 27, Mar, 2024

फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक

२०७६, २९ माघ बुधबार १६:५७ मा प्रकाशित ( ४ साल अघि) ६३५५१ पाठक संख्या

फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मन त मेरो लक्का जवान’ गीतपछि बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरेको हो । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जुना रिजाल काफ्ले र बाबुल स्वयंको गायन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन् । गीतको अडियो र भिडियो दुवै बलियो छ । ।

चैत २१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

 

 

खबर एक्सप्रेस