आज:  | Fri, 29, Mar, 2024

प्रेम दिवसमा लभ डायरीज

२०७६, २९ माघ बुधबार १६:३० मा प्रकाशित ( ४ साल अघि) १३४५५ पाठक संख्या

सुदिप पौडेल
पोखरा,माघ २९

प्रचारप्रसारलाई जोड दिदै आएको चलचित्र लभ डायरीज प्रचार प्रसारको क्रममा मंगलबार पोखरा आएको थियो । पोखराको पृथ्वीनारायण क्यापसमा आयोजित एक क्रर्यक्रममा चलचित्रका कलाकार सुशिल श्रेष्ठ र रुबीना थापा लगायतका कलाकारको उपस्थिति रहेको थियोे ।

तेसै गरी चलचित्रको बुधबार पोखराको मिडटाउन सिनेमामा चलचित्र पत्रकार संघ कास्कीले पत्रकार सम्मलेनको आयोजना गरेको थियो । आयोजित पत्रकार सम्मलेनमा नायक सुशिल श्रेष्ठ र रुबीना थापाको उपस्थिति रहेको थियो ।

चलचित्रको विषयमा जानकारी गराउँदै नायक सुशिल श्रेष्ठले ‘लभ डायरीज’ युवायुवतीको प्रेम सम्बन्ध, रोमान्स र विछोडको कथामा आधारित रहेको बताए । उनले चलचित्रमा आफुले धेरै मेहनत गरेको बताए । होस्टेल रिर्टन्स चलचित्रबाट डेब्यु गरेका श्रेष्ठले सायद २, कारखाना, बादशाह जुट लगायतका चलचित्रमा अभिनय गरेका छन् । ‘प्रेम एकअर्कालाई हौसला प्रदान गर्ने माध्यम हो’, उनले भने, ‘आशा छ हामीलाई दर्शकको माया मिल्ने छ ।’ चलचित्रमा उनी एक प्रेमीको भूमिकामा छन् ।

चलचित्रकी डेब्यु नायिका रुबिना थापाले लभ डायरीजबाट आफुले दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताइन् । प्रेम दिवसको अवसरमा चलचित्र प्रदर्शन हुने भएकाले प्रेमजोडीलाई चलचित्र हेर्न उनको आग्रह थियो । चलचित्रमा अश्लिल विषय केही नरहेको र परिवारसहित हेर्न जान सकिने उनले जानकारी गराइन् ।
दुई वर्ष अघि छाँयाकन गरिएको चलचित्र लभ डायरीज प्रदर्शनका लागि तयार भएको हो । फागुन २ बाट अल नेपाल रिलिज हुने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । विनोद साप्कोटाको लगानी रहेको चलचित्रमा सुशिल श्रेष्ठ, रुवीना थापा सहित विश्वजित रिमाल लगायतका कलाकारको अभिनय छ । अर्जुन पोखरेलको संगीतमा चलचित्रका गीतमा गायकगायिका सुगम पोखरेल र स्वेच्छा ठकुरीले आवाज दिएका छन् । चलचित्रको गीत र ट्रेलर यसअघिनै रिलिज गरिएको छ ।

खबर एक्सप्रेस