आज:  | Fri, 19, Apr, 2024

नेपाल ८ विकेटले बिजयी

२०७६, २९ माघ बुधबार ११:४९ मा प्रकाशित ( ४ साल अघि) १८९११ पाठक संख्या

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकाे त्रिकाेणात्मक सिरिजमा नेपालले अमेरिकाले दिएकाे ३६ रनकाे लक्ष्य ५.२ ओभरमै पूरा गरेको छ ।

जवाफी ब्याटिङमा उत्रिएकाे नेपालले एक रनमै पहिलाे विकेट गुमाएकाे थियो । नेपालले पहिलाे विकेटकाे रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भए । पाँच बलकाे सामना गरेका उनी मात्र एक रनमा पेभेलियन फर्किए ।

भने सुबाष खकुरेल शून्य रनमै पेभेलियन फर्किए । त्यसपछि आएका पारस खड्का ले २० र दीपेन्द्रसिंह ऐरीको १५ रनको मद्दतले नेपालले खेल ८ विकेटले जितेको छ ।

खबर एक्सप्रेस